अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्ध वार्षिक समीक्षा कार्यक्रम असार १९ गते सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीले सन् २०२३ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भयो ।
प्रस्तुत घटनाहरूमा घरेलुहिंसा नौ, बहुबिवाह एक, बलात्कार दुई, हत्या एक वटा, दुर्व्यवहार सात गरी २० वटा घटना अभिलेख भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको अवस्था चित्रण गरेको बताउदै छुटेका घटनाहरूलाई समेटन सुझाव दिनु भयो ।
जिल्ला समन्वय प्रमुख जीबनारायण कोइरालाले इन्सेकले अभिलेख गरेका घटनाहरूले जिल्लामा मानव अधिकारको अवस्थाबारे छलफल गर्ने वातावरण बन्ने गरेको बताउनु भयो ।