INSEC Online

📅 २०८३ जेष्ठ २१

सातै प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यलाई सपथ

गएको मङ्सिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेश सभा सांसदलाई माघ ७ गते प्रदेशका अस्थायी मुकाममा पद तथा गोपनियताको सपथ गराइएको छ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनजकपुरमा, प्रदेश नम्बर ३ को हेटौँडामा, प्रदेश नम्बर ४ को पोखरामा, प्रदेश नम्बर ५ को बुटवलमा, प्रदेश नम्बर ६ को सुर्खेतमा र प्रदेश नम्बर ७ को धनगढीमा नवनिर्वाचित सांसदलाई सपथ गराइएको हो ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार प्रदेश नम्बर ६ का प्रदेश सभा सदस्यहरूले माघ ७ गते वीरेन्द्रनगरमा सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशोर खनालले प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश प्रमुख खनालले सबैभन्दा पहिले प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

ज्येष्ठ सदस्य शाहीले आफूले सपथ लिए लगत्तै अन्य ३९ जना प्रदेश सदस्यहरूलाई प्रदेश प्रमुख खनालको उपस्थितिमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण समारोहमा अधिकांश सांसदहरू आफ्नो मौलिक पोशाकमा सजिएर उपस्थित भएका थिए । प्रदेश सभा सदस्यहरुमध्ये सबैले सपथ लिएका छन् ।

प्रदेश नम्बर ६ का १० जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना सांसद निर्वाचित भएका छन् ।

प्रदेश नं ७ का नौ जिल्लाका प्रदेश सांसदलाई आइतबार कैलाली जिल्ला समन्वय समिति धनगढीको हलमा पद तथा गोपनियताको शपथ खुवाउँदै ज्येष्ठ प्रदेश सदस्य दिव्यश्वरी शाह । फोटोः रासस

प्रदेश नं ४ का प्रमुख बाबुराम कुँवर पोखरामा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै । फोटोः रासस

प्रदेश नं ३ की प्रमुख अनुराधा कोइराला प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई हेटौँडामा आयोजित कार्यक्रममा माघ ७ गते सपथ ग्रहण गराउँदै । फोटोः प्रताप विष्ट

प्रदेश नं १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई आइतबार विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ खुवाउँदै । फोटोः रासस
प्रदेश नं १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई आइतबार विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ खुवाउँदै । फोटोः रासस
प्रदेश नं ४ का प्रमुख बाबुराम कुँवर पोखरामा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै । फोटोः रासस
प्रदेश नं ४ का प्रमुख बाबुराम कुँवर पोखरामा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै । फोटोः रासस
प्रदेश नं ६ व्यवस्थापिका संसदका ज्येष्ठ प्रदेश सदस्य हिमबहादुर शाहीलाई सपथ ग्रहण गराउँदै प्रदेश प्रमुख दुर्गाकिशोर खनाल । फोटोः दुर्गा थापा

अन्य

भिडियो