INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोल्पाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमा २०७९ पुस १७ देखि २०८० असार १३ गते सम्म हिमाली जिल्ला डोल्पामा भए गरेका मानव अधिकार ज्यादती र उलङ्घनका घटनाहरुको पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाले राज्य पक्षबाट दुई  र गैर राज्य पक्षबाट एक र घरेलु हिंसाबाट दुई गरेर पाँच ओटा घटनाहरु सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले विगतको तुलनामा घटनाहरुको अभिलेखीकरण कम भएको पाइएको बताउनु भयो ।

उहाँले भन्नु भयो  मानवअधिकार उलङ्घन तथा हनन्मा कमी आएको हो भने खुशिको कुरा हो तर भौगोलिक विकटता र संचारको पहुँचको कमीले सङ्कलनमा समस्या भए छुटेका घटनाहरुको स्थलगत खोजी गरेर अभिलेखीकरण गर्नु पर्नेमा जोड दिनु भयो ।

सिमित स्रोतसाधनले पनि इन्सेकले दुर्गम बस्तीहरुमा पुगेर घटना सङ्कलन गर्दै आएको र इन्सेकले सङ्कलन गरेका घटना बस्तुनिष्ठमा आधारित रहने गरेको बताउनु भयो ।
त्रिपुरासुन्दरी नगरपालिका–४ का अध्यक्ष रन्जित बुढाले जिल्लाका हरेक पालिकामा रहेका न्यायिक समिति र इन्सेकको सहकार्य अपरिहार्य भएकाले आगामी वर्ष देखि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो वडास्तर देखि पालिका केन्द्र सम्म न्यायिक समिति भएपनि अधिकार र कार्यक्षेत्र सम्बन्धि अस्पस्टता हुँदा प्रभावकारी काम हुन नसकेकाले इन्सेकसंग सहकार्य गरेर जनचेतनामुलक र अधिकार प्रवर्धन कार्यक्रम संचालन गर्न पालिकाले आर्थिक सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला अदालत जिल्लाप्रशासन कार्यालय ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि राजनीतिकदलका प्रतिनिधि नागरिक समाजका प्रतिनिधिहरु गरेर ३५ जनाको सहभागिता रहेको थियो ।

   ।Photo20230630 Dolpa (1)

Photo20230630 Dolpa (3)

Photo20230630 Dolpa (2)

अन्य

भिडियो