INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते भरतपुरमा सम्पन्न गरेको छ ।

Photo_080-3-14_Chitwan1

सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ५० ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

उक्त अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले पछिल्लो ६ महिनामा बलात्कार पीडित ६ महिला र १४ बालिका रहेको तथ्याङ्क दिनुभयो ।

त्यस्तै महिला पीडित भएका घटनाहरूमा बलात्कार प्रयासका दुई जना, बहुविवाहका चार जना, आत्महत्या दुरुत्साहनका चार जना, एक हत्या रहेको छ । बालिका पीडित भएको घटनामा बलात्कारका १४, यौन दुर्व्यवहारका १२ र मानव बेचबिखनका तीन ओटा घटना रहेका छन् । यस अवधिमा दुई जना पुरुषको हत्या भएको छ ।

समीक्षा कार्यक्रमको प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायधीवत्ता योगनाथ ढकाल रहनुभएको थियो । विद्यालयका बालबालिका, अनाथ बालबालिका बढी हिंसा प्रभावित हुने गरेको ढकालले बताउनु भयो ।

यस्ता घटना न्युनीकरण गर्नको लागि घर परिवार र समाजमा सबै जना सचेतना हुन आवश्यक रहेको प्रमुख न्यायधीवत्ता ढकालले उल्लेख गर्नुभयो ।

उहाँले सरकारी तथा गैरसरकारी सबै निकाय मिलेर यस्ता खालका घटना न्युनीकरणको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

Photo_080-3-14_Chitwan

अन्य

भिडियो