INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न मेयरलाई प्रस्तावनापत्र

पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधिले जेठ ३२ गते प्रस्तावनापत्र बुझाउनुभएको छ ।

नगर प्रमुख रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना तथा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी कार्यक्रम समावेश गर्न माग गर्दै प्रस्तावनापत्र बुझाएको हो ।

उक्त कार्ययोजनामा शिक्षा सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्थाको कार्यान्वयन सुनिश्चित गरिनुपर्ने,  स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनुपर्ने, जनतालाई सुपथ मूल्यमा गुणस्तरीय खाद्यन्न उपलव्ध गराउनुपर्ने, बालबालिकासंग सम्बन्धीत नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता बिषय प्रस्तावनापत्रमा समेटिएको छ ।

20230615_162152

अन्य

भिडियो