INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकहरुको संरक्षण सम्बन्धमा छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले जेठ ३२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत बिभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग मानव अधिकार रक्षकहरुको अधिकार र संरक्षण सम्बन्धमा छलफल गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गरेको छ ।

photo20230615kailali (3)

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले समग्र मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी इन्सेकले तयार गरेकोे विधेयक र गृहमन्त्रालयद्वारा जारी गरिएको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश बारे छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गरिएको बताउनु भयो ।

भेटभाटका क्रममा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री कमलबहादुर शाहले आफूले मानव अधिकारप्रति गम्भिर रहेकाले आफ्नो कार्यकालमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी बनेको विधेयकलाई प्रदेश सभामा छलफल गराई पास गराउने पहलकमदी गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

photo20230615kailali (7)

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले मानव अधिकारको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी राज्यको भएकाले राष्ट्रिय मानव अधिकार कार्ययोजनालाई कर्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

सुदूरपश्चिम प्रदेशका उद्योग, प्रर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले आफू नागरिकको पक्षमा रहेकाले मानव अधिकारको सुरक्षा र संरक्षरणमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

photo20230615kailali (2)

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी बनेको विधेयक आफूले डा«फ्ट गरेकाले इन्सेकले बिभिन्न चरणमा छलफल गरी प्रदेश  सरकारलाई बुझउँदा पनि बिभिन्न कारणले पास गर्न नसकिएको बताउनु भयो ।

photo20230615kailali (6)

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी भरतबहादुर बोहराले गृह मन्त्रालयद्वारा जारी गरिएको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेशलाई कार्यान्वयन गर्ने र मानव अधिकारको सुरक्षाका लागि मातहतका निकायलाई सचेत बनाउने प्रतिबद्धता जाहेर  गर्नु भयो ।

photo20230615kailali (1)

अन्य

भिडियो