INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यसनी र जातीय विभेद विरुद्ध सडक नाटक प्रदर्शन

बराहताल गाउँपालिका–५ मा रहेको जनज्योति नमूना माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार समूहले जेठ २ गते दुर्व्यसनी तथा जातीय विभेद विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम परियोजना अन्तर्गत गठित जनज्योति बाल अधिकार समूहको आयोजना र इन्सेक कर्णाली प्रदेशको आर्थिक सहयोगमा नाटक प्रदर्शन गरिएको थियो ।

नाटकमा समाजमा रहेको दुर्व्यसनी तथा जातीय विभेद विरुद्धका आवाज उठान गरिएकाे थियो ।

कार्यक्रममा बोल्दै जनज्योति माविका सहायक प्रधानाध्यापक कमलराज आचार्यले यस्ता कार्यक्रमले गाउँठाउँमा जातीय विभेदको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

साथै आचार्यले सबै नागरिकहरुले दुर्व्यसनी तथा जातीय विभेद अन्त्य गर्नका लागि चेतनाको विकाससँगै व्यवहारमा लागुगर्ने बताउनु भयो ।

कार्यक्रममा शिक्षक, बिद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो ।

Photo20230518Surkhet (1)

Photo20230518Surkhet (3)

Photo20230518Surkhet (4)

 

अन्य

भिडियो