अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समुहले ०८० वैशाख २६ गते स्थानीय स्वास्थ्य सेवा ऐन ०७७ संशोधनको मागपत्र पेश गरेको छ ।
समुहका अध्यक्ष अमर कार्कीको नेतृत्वको गएको समूहको टोलीले नगरप्रमुख लालवीर भण्डारी समक्ष ऐन संशोधनको माग गरेको हो ।
माग पत्र बुझदै नगर प्रमुख भण्डारीले यस प्रति आफु सकारात्मक रहेको बताउनुभयो । पालिकाले जारी गरेको स्वास्थ्यसम्बन्धी ऐनलाई मानव अधिकार मैत्री हुने गरी संशोधन गर्दै जाने प्रमुख भण्डारीले प्रतिवद्धता जनाउनुभएको थियो । स्वास्थ्यसम्बन्धी नियमावली निमार्णका क्रममा रहेको छ ।
इन्सेकद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिकाद्वारा जारी गरेको स्थानीय स्वास्थ्य सेवा ऐन ०७७ को बारेमा ०७९ फागुन १८ गते समीक्षा गरिएको थियो ।
