इन्सेकद्वारा गठित बाल अधिकार समूहको आयोजना तथा नेरामाविको सहकार्यमा खजुरा गाउँपालिका –७ गोदहना गाउँको महजीत टोलमा शिक्षा क्षेत्रमा लागुपदार्थले पारेको प्रभावका बारेमा वैशाख २५ गते सडक नाटक प्रदर्शन गरिएको छ ।
बाल अधिकार समूहले शिक्षा क्षेत्रमा भएका समस्या र लागुपदार्थ प्रयागकर्ताको समस्या पहिचान गरि सचेतनाका लागि बाल अधिकार समूहका अध्यक्ष सुहेल खाँले बताउनु भयो ।
खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह संयोजक कौशिकी यादवले मधेशी तथा मुस्लीम समुदायका बालबालिका शिक्षाको पहुँचबाट वञ्चित रहेका र निशुल्क शिक्षा बारे थाहा नभएकाले सडक नाटक मार्फत सचेतना दिन लागिएको बताउनु भयो ।
समुदायका बालबालिकाहरू लागु औषधमा लागेर ड्रपआउट हुने भएकाले सकारात्मक सचेतनाका लागि नाटक प्रभावकारी विद्यालयका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले बताउनु भयो ।
