INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूहको आयोजनामा सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बाल अधिकार समूहको आयोजना तथा नेरामाविको सहकार्यमा खजुरा  गाउँपालिका –७ गोदहना गाउँको महजीत टोलमा शिक्षा क्षेत्रमा लागुपदार्थले पारेको प्रभावका बारेमा वैशाख २५ गते सडक नाटक प्रदर्शन गरिएको छ  ।

बाल अधिकार समूहले शिक्षा क्षेत्रमा भएका समस्या र लागुपदार्थ प्रयागकर्ताको  समस्या पहिचान गरि सचेतनाका लागि बाल अधिकार समूहका अध्यक्ष  सुहेल खाँले बताउनु भयो ।

खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह संयोजक कौशिकी यादवले मधेशी तथा मुस्लीम  समुदायका बालबालिका शिक्षाको पहुँचबाट वञ्चित रहेका र  निशुल्क शिक्षा बारे थाहा नभएकाले सडक नाटक मार्फत सचेतना दिन लागिएको बताउनु भयो ।

समुदायका बालबालिकाहरू लागु औषधमा लागेर ड्रपआउट हुने भएकाले सकारात्मक सचेतनाका लागि नाटक प्रभावकारी विद्यालयका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले बताउनु भयो ।

Photo2023050801banke

अन्य

भिडियो