INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यसनी विरुद्ध सडक नाटक प्रदर्शन

पन्चपुरी नगरपालिका– ५ बाबियाचौरमा इन्सेकद्धारा गठित विद्याज्योति सहनशिल बाल अधिकार समुहको आयोजनामा दुर्व्यसनी विरुद्ध सडक नाटक ०८० वैशाख २३ गते बाबियाचौरमा सम्पन्न भयो ।

इएलपी परियोजना अन्र्तगत गठित समुहको आयोजनामा लागु पदार्थ, धूम्रपान र मध्यापान सेवनले  स्वास्थ्यमा पार्ने असरका बारेमा सचेतना फैलाउन सो सडक नाटक प्रर्दहन गरिएको हो । सडक नाट समापनमा बोल्दै पञ्चपुरी नपा ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीले मध्यपान, धुम्रपान र लागु पदार्थ सेवन गरी कुलतमा फस्नबाट रोक्न यस्ता सडक नाटक अभियान कै रुपमा गाउँगाउँमा संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रदेश स्तरीय मानव अधिकार रक्षक संजालका संयोजक पदम सार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, बाल अधिकार समुहका सदस्य, विद्यार्थी र स्थानीबासीको उपस्थिती रहेको थियो ।

Photo20230508Surkhet (3) Photo20230508Surkhet (1) Photo20230508Surkhet (2)

Photo20230508Surkhet (1)

Photo20230508Surkhet (2)

अन्य

भिडियो