INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह विरुद्ध सडक नाटक प्रदर्शन

पञ्चपुरी नगरपालिका–२ स्थित सुर्यप्रकाश माविमा इन्सेकद्धारा गठित सिर्जनशिल बाल अधिकार समूहको  आयोजना तथा इन्सेकको सहयोगमा ०८० वैशाख २१ गते बाल विवाह विरूद्ध सडक नाटक सम्पन्न भयो ।

पञ्चपुरी नगरपालिकामा बढदो बालविवाहका विरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरु समेटिएका थिए ।

सडक नाटक कार्यक्रम समापन गर्दै सुर्यप्रकाश माविका प्रधानाध्यापक गणेशकुमार ढकालले बालबिबाह गर्नु कानुनी अपराध भएकोले यस्ता सडक नाटकले बालविवाहमा कमी ल्याउन सहयोग पुग्ने बताए ।  कार्यक्रममा सुर्यप्रकाश मावि विद्यालय व्यवस्थापन ससिमतिका सदस्य, बाल अधिकार समुहका सदस्य, शिक्षक, विद्यार्थी र स्थानीयबासीको उपस्थिती रहेको थियो ।

Photo20230508Surkhet (2)

Photo20230508Surkhet (1)

अन्य

भिडियो