INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ  कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ वस्ने ३३ वर्षीया रविना खड्कालाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पिडित रविनाका पति रामबहादुर कार्कीले पटक पटक शारीरिक तथा मानसिक तनाब दिदै आएपछि न्यायिक प्रक्रियामा जान बाध्य भएको पिडितको भनाइ छ ।

पीडितले कानुनी प्रकियामा जानका लागि आर्थिक सहयोगको मागगर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा पीडितलाई पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय भए बमोजिम पीडितलाई सहयोग गरिएको इन्सेकका प्रदेश स‌याेजक नारायण सुवेदीले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ छ ।

Photo20230503Surkhet

 

अन्य

भिडियो