INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहद्वारा दाईजो विरूद्ध सडक नाटक प्रदर्शन

कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्नराज्य मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले  वैशाख १९ गते दाईजो विरूद्ध सडक नाटक प्रदर्शन गरेको छ ।

नाटकमा बालबालिकाहरूका लागि शिक्षाको अधिकार भन्ने नारा सहित छोरीलाई दाईजो होइन, शिक्षा चाहिन्छ , छोरा सरह छोरीलाई शिक्षाको अधिकार दिलाऔं लैंगिक विभेद नगरौं लगायतका  बिषय बस्तु उठान गरिएका थिए ।

नाटक  अवलोकन गर्दै कार्यक्रमका प्रमुख अतिथी रत्न राज्य मावि व्यवस्थापन समितीका अध्यक्ष मानुल्लाह खाँले छोरीलाई दाइजो होइन उच्च शिक्षा दिनुपर्नेमा जोड दिदै शिक्षा पाए पछि हिंसामा न्यूनिकरण हुने बताउनु भयो ।

समाजसेवी हरिराज शर्माले वास्तवमा समाजमा दाईजोका कारण कैयौं छोरी चेलीहरूले अकालमा ज्यान गुमाउँदै आएको हुँदा छोरीलाई दाइजो होइन शिक्षा देउ भन्ने सन्देश मूलक नाटक ग्रामिण क्षेत्रमा समेत सञ्चालन गर्न सके सचेतना फैलिने बताउनु भयो ।

यसैगरी, विद्यालयका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरीले जनचेतना मूलक नाटकबाट धेरै नागरिकहरूले सन्देश प्राप्त गर्ने बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले दाईजो प्रथा न्यूनिकरण गर्न सबै सरोकावालाहरू लाग्नु पर्नेमा जोड दिनु भयो । उमेर नभइ विवाह गर्दा शारिरीक , मानसिक र शिक्षामा असर पर्ने भएकोले  छोरीहरूलाई शिक्षामा जोड दिन आग्रह गर्नु भयो ।

photo2023050301kapilvastu

अन्य

भिडियो