आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर– ३ की ३४ वर्षीया लक्ष्मीबादी लाई वैशाख १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
पीडित लक्ष्मीका पति वीरेन्द्रनगर– ११ घर भइ हाल नेपालगंजमा बस्दै आएका २४ वर्षीय सन्तोस कुमार वादीले घरखर्च नदिने, मदिरा पिएर दिनहुँ कुटपिट गर्ने र पटक पटक शारीरिक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ ।
पीडितले कानुनी प्रकियामा जानका लागि आर्थिक सहयोगको मागगर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा पिडितलाई जनही पाँच हजार रुपियाँ सहयोग गर्ने निर्णय भए बमोजिम पीडितलाई सहयोग गरिएको इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले बताउनुभयो । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँको भनाई छ ।
