इन्सेकका महासचिव रघुनाथ अधिकारी र लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीबीच वैशाख ५ गते परियोजनाका गतिविधि लगायतका विषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा महासचिव अधिकारीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरूको उपलब्धीहरू, सिकाई, चुनौती र दिगोपनाका बारेमा विषयमा छलफल गर्नु भयो ।
अधिकारीले मानव अधिकारको क्षेत्रमा इन्सेक अग्रणी संस्था भएकोले मानव अधिकारका क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने गरी गतिविधिहरू गर्नु पर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले इन्सेक अभियानमा थुप्रै मानव अधिकार रक्षक जोडिएको भन्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले मानव अधिकारका विषयमा सचेतना अभियानले मानव अधिकारको रक्षामा टेवा पुग्ने धारणा राख्नु भयो ।
मानव अधिकार शिक्षा कार्यक्रमका विषयमा कार्यक्रम अधिकृत सरस्वती मल्ल, मानव अधिकार प्रलेख विषयमा प्रलेख अधिकृत विनोद पाण्डे र डिसिए परियोजनाका विषयमा परियोजना अधिकृत टेकनाथ आचार्यले जानकारी गराउनु भएको थियो ।