INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रतिवद्धता : प्रदेशसभा सदस्य शाही

कर्णाली प्रदेश सभा सदस्य इन्द्राकुमारी शाहीले प्रदेश सभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मानव अधिकार संवेदनशिल विषय भएकाले सबै क्षेत्र गम्भीर हुनुपर्ने भन्दै सदनमा यसका विषयमा गहन रुपमा छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको हो । चैत २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा मानव अधिकार रक्षकका लागि क्षमता विकास सम्बन्धी २ दिने कार्यशाला उद्धघाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य शाहीले मानव अधिकारका विषयमा सबै नागरिकलाई जानकारी गराउदै आगामी दिनमा यसको प्रभावकारितालाई मध्येनजर गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकारलाई सबैको समानताका रुपमा लिन समेत प्रदेश सभा सदस्य शाहीले आग्रह गर्नुभएको छ । पार्टीगत रुपमा मानव अधिकारका विषयलाई लिइएर राजनितीक द्वन्द्व फैलिन नदिन समेत उहाँले अनुरोध गर्नुभयो ।

यस्तै उद्धघाटन समारोहमा बोल्दै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्णका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । मानव अधिकार रक्षकको सुरक्षा र पहिचानको आवश्यक रहेको समेत बताउनुभयो । मानव अधिकार रक्षकले कसैको पक्षमा बोल्दा र लेख्दा सुरक्षित महशुस नहुने भएकाले पनि मानव अधिकार रक्षकले गरेका कामको मुल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै संयोजक सुवेदीले समुदायमा हिंसा सहेर बसेका बसेका पीडितका लागि इन्सेकले न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गर्ने भएकाले पनि आर्थिक अवस्था कमजोर भई न्यायिक प्रक्रियामा जान चाहनेका लागि मानव अधिकार कक्षमा सिफारिस गर्न समेत तालिममा सहभागीलाई अनुरोध गर्नुभएको छ । समुदाय स्तरमा रहेका आर्थिक, सामाजिक न्यायिक, दलित, महिला, शिक्षा स्वास्थ्य र वातावरणीय जस्ता सवाललाई महत्वपुर्ण ढङ्गले उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्धघाटन समारोहमा बोल्दै मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेश संयोजक  पिताम्बर ढकालले मानव अधिकार हननका विषयलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभएको छ । कही कतै मानव अधिकार हनन् भएको थाहा भएमा तत्काल मानव अधिकार संजालमा खबर गर्न समेत अनुरोध गर्नुभएको छ ।

मानव अधिकार रक्षकले काम गर्नेक्रममा संवेदनशिल भएर काम गर्ने क्रममा ज्ञापनपत्र बुझाएर अनुरोध गरेर तथा शान्तिपुर्ण ढङ्गले काम गर्न सुझाव समेत दिनुभएको छ ।

यस्तै उद्धघाटन समारोहमा बोल्दै मानव अधिकार रक्षक संजाल सुर्खेत जिल्ला संयोजक सर्मिला विसीले दुई दिने तालिममा आफुले सिकेका कुरालाई समुदायमा पुगेर लागु गर्न सुझाव दिनुभएको छ ।

Photo20230407Surkhet (1)

IMG-20230406-WA0015(1)

अन्य

भिडियो