INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने मुल नाराका साथ १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम ०७९ फागुन २८ गते दोलखामा सम्पन्न भयो ।

नेपाल सहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, हुराडेक नेपाल, दोलखा लगायत संस्थाको संयुक्त पहलमा हिजो चरिोटमा दोलखामा हिंसा प्रभावित महिला र बालबालिकालाई शिक्षामा नियमितता विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Photo_079-11-29_Dolakha

आवाज नेपालको अध्यक्ष एवं हिंसा पिडित महिला तथा बालबालिकाहरूका लागि स्नेह केन्द्रकी सञ्चालक सिर्जना कार्कीले बलात्कारको घटनापछि जन्मेका बालबालिकाको जन्म दर्ता नहुने, किशोरी पीडित भएपछि परिवारमा जान नसक्ने हुँदा उनिहरूको पहिचानको अधिकारका साथै शिक्षाको जिम्मेवारी तिनै तहको सकरकारले लिन नचाहेको गुनासो गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, दोलखाका प्रमुख बर्जुरामा घतानीले महिलालाई सक्षम र सबल बनाउनको लागि शहरमा मात्र नभएर ग्रामीण भेगमा भएका पीडित र पिछडिएका महिलाहरूको सिर्जनात्मक प्रविधिमा पहुँच बढाउनुपर्ने कुरामा उहाँहरूले जोड दिनुभयो ।

स्थानीय सरकार भनेकै जनताको समस्या बुझ्ने समाधानमा सहयोगी भूमिका भएकोले स्थानीय सरकारले आफ्नो परिवार सम्झेर समाधानमा लाग्न आगामी दिनमा छलफल गरी तार्किक निष्कृिय निकालिने बताउनु भयो ।

Photo_079-11-29_Dolakha1

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले स्थानीय सरकार श्रोत सहितको सरकार भएकोले महिला, बालबालिका र अझ हिंसामा परेको समुदाय प्रति सकारात्मक सहयोग गर्ने साथै आगामी दिनमा बन्ने नीति महिलामैत्री हुने कुरामा जोड दिनुभयो । राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै ग्रामिण त्यसमा पनि विकट क्षेत्रमा रहेका महिलालाई मूलधारमा ल्याउन राज्यले नीति सहित कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकर बाबु श्रेष्ठले हिंसा पीडित साथै असहाय रुपमा जीउन बाध्य बालबालिकाको लागि राज्यको तर्फबाट जिल्लामा ३० जना क्षमताको आवासिय फिडर स्कूलमा समन्वय गरी आगामी दिनमा प्राथमिकताका साथ सहयोग गरिने बताउनु भयो ।

Photo_079-11-29_Dolakha2

अन्य

भिडियो