INSEC Online

📅 २०८३ जेष्ठ २१

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको अयोजना तथा मानव अधिकार समूह कपिलवस्तुको समन्वयमा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागनु २२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुलनाराका साथ अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका न्यायिक समितीका अधिकृत सुचिता श्रेष्ठले महिलाहरूलाई शक्तिकोरुपमा मानिंदै आएको बताउदै स्थानिय सरकारले महिलाहरूलाई उद्यमीसिल बनाउन सके महिलाहरू आफ्नो श्रममा आत्मनिर्भर हुने बताउनु भयो

मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले श्रमको मूल्य मान्यतामा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । महिलाहरूको आर्थिक र सामाजिक अधिकारको स्तर वृद्धी गर्नका लागि लैगिंक हिंसा तथा श्रमशोषण न्यूनिकरण गर्न स्थानिय तहले उद्यमसिलताको कार्यक्रमहरुको व्यवस्थापन गरि दिगो लक्ष प्राप्तीका सूचकमा ध्यानदिनु पर्नेमा जोड दिनु भयो ।

मायाँदेवी बहुउद्देश्यीय महिला सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेले महिलाहरू आर्थिक रुपमा सवल भए हिंसाका समस्याहरू भोग्न नपर्ने भएको बताउनु भयो ।

कार्यक्रममा तिलौराकोट युवा क्लव तथा सूचना केन्द्रका अध्यक्ष रामशब्द यादवले महिलाहरूको हकहित तथा अधिकारको लागि महिलाहरू सचेत हुनु पर्नेमा जोड दिनु भयो ।

सञ्चारिका समूहका कोषाध्यक्ष संगिता भुसालले आफ्नो अधिकारको लागि महिलाहरुलाई शिक्षाको आवश्यकता भएको बताउनु भयो । महिलाहरु शिक्षित भए श्रमको अधिकारबाट वञ्चित हुन नपर्ने भएको भन्दै आफ्नो घरदेखि नै परिवर्तन ल्याउन जरुरी भएको बताउनु भयो ।

तिलौराकोट स्वास्थ्य संस्थाका प्रतिनिधि सुशिला थापाले श्रमिक महिलाहरूलाई सरकारले समान ज्याला  निर्धारण गर्न सके महिलाहरू श्रमबाट वञ्चित नहुने बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले श्रमिक दिवस मनाउनुको उद्देश्य, लक्ष्य र श्रमको अधिकारको बिषयमा सहजीकरण गर्नु भएको थियो ।

दलित महिला संघका जिल्ला कार्यक्रम अधिकृत शंकर नेपालीले आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

photo2023030901kapilvastu

अन्य

भिडियो