अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ ।
तालिममा यशोधरा मावि र रत्नराज्य लक्ष्मी मावि तौलिहवाका बाल अधिकार समूहका ३२ जना सदस्यहरू र संरक्षक शिक्षकको सहभागिता रहेको छ ।
उक्त तालिममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले दुई दिन सम्म संचालन हुने तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बालबालिकाहरूको वौद्धिक विकास र उनीहरूको हक अधिकारको सुनिश्चित गर्नकोलागि तालिमको आयोजना गरिएको बताउनु भयो ।
तालिममा रत्न राज्य लक्ष्मी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले मानव जिवनमा बाल बालिकाहरूकालागि चौतर्फी बिकासकोलागि तालिम महत्वपूर्ण भएको बताउनु भयो ।
मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले बालबालिकाहरूले आफ्नो अधिकारको बिषयमा जान्न र बुझ्न जरुरी रहेको बताउदै शिक्षाको अधिकारसँगै कर्तव्यको समेत पालना गर्न आवश्यक भएको बताउनु भयो ।
कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बाल अधिकार , बाल अधिकारको क्षेत्रका प्रकार , बाल अधिकार संरक्षणमा शिक्षाको भूमिका , स्थानिय निकायको भूमिका , कपिलवस्तु नगरपालिकाको नीति तथा कार्ययोजनाको बिषयमा सहजीकरण गर्नुभयो ।
अधिवक्ता राजुकुमार श्रीवास्तवले बाल अधिकार के हो ? बाल अधिकार सम्बन्धि कानुनी प्रावधानहरू , समस्याहरू , वाल अधिकारको ऐतिहासिक पृष्ठभूमि , बाल अअधिकार महासन्धिमा रहेका प्रवधानहरूका बिषयमा सहजीकरण गर्नुभयो ।
