INSEC Online

📅 २०८३ जेष्ठ २१

मध्यविन्दु नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा दुई दिने मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धि तालिम पुस ११ र १२ गते सम्पन्न भएको छ ।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले मानवअधिकारको रक्षाको लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो । मध्यविन्दु नगरपालिकाको तर्फबाट मानवअधिकारको प्रत्याभूतिसंगै गठित समूहको क्षमता अभिवृद्धिमा आवश्यक सहयोग रहने बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले तालिममा मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनको अवस्थाको बारेमा सहजिकरण गर्नुभयो ।

समूहका सदस्य, सरोकारवाला र जनप्रतिनिधिको सहभागितामा शुरु भएको तालिममा इन्सेकका बारेमा जानकारी, मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरूद्धको अधिकार सम्बन्धी विषयमा तालिम मार्पmत क्षमता अभिवृद्धि गर्ने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।

photo 4

तालिमको अन्तिम दिन समूहका सदस्य तथा सरोकारवालाहरुको समूह बिभाजन गरी विषगत रुपमा कार्ययोजना निर्माण गरिएको थियो । मध्यविन्दु नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरूद्धको समस्या पहिचान सहित पैरवीका लागि योजना निर्माण गरिएको हो । समस्याको पहिचान सहित सम्बन्धित सरोकारवाला निकायको पहिचान गरी समस्या समाधानको लागि समूहले गर्ने कार्यबारे कार्ययोजना निर्माण गरिएको थियो ।

दुई दिन सम्म सिकेका सिकाई र निर्माण गरिएको कार्ययोजना कार्यान्वयनको लागि मानवअधिकार समूह क्रियाशिल रहने मध्यविन्दु नगरपालिकाका मानवअधिकार समूह अध्यक्ष भुपलाल अर्यालले बताउनुभयो । दुई दिन सम्म तालिममा प्राप्त सिकाई र समूह छलफलबाट पहिचान गरिएका सवालहरुको पैरवी गर्ने दायित्व स्थानीय मानवअधिकार समूहको भएको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले बताउनुभयो । त्यसका लागि स्थानीय सरकार संगै सम्बन्धित सरोकारवाला निकायसंगको सम्बन्ध बिस्तार र सहकार्य आवश्यकता रहेकोमा उहाँले जोड दिनु भयो ।

तालिममा मध्यविन्दु नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, मध्यविन्दु नगर प्रमुखका सल्लाहकार अमृत प्रसाद ज्ञवाली, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

photo 3news photo 2news photo 1

अन्य

भिडियो