INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका स्तरीयसमस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत मायाँदेवी गाउँपालिका स्तरीय समस्या पहिचान तथा समूहको वार्षिक कार्य योजना बैठक कात्तिक ५ गते सम्पन्न गरेको छ ।

मानव अधिकार समूहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद लगायतका अधिकार सम्बन्धी समस्या पहिचान, तथा सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना निर्माण गरेको हो ।

बैठकमा समस्यासँग सरोकार राख्ने सरोकारवालाहरूको पहिचान गर्ने र समस्याहरू समाधानकालागि कार्ययोजना बनाई काम गर्नेसर्वसम्मत निर्णय गरिएको समूहका सचिव सुन्दरी लोनियाले बताउनु भयो ।

यसैगरी, सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमान शिक्षक दरबन्दी मिलान भए नभएको पहिचान गर्ने , पाठ्यपुस्तक प्रयाप्त भए नभएको पहिचान गर्ने , भौतिक अपाङ्ग मैत्री भवन आचार संहिता २०६९ कार्यान्वयन भए नभएको पहिचान गर्ने ,  लैंगिक सामाजिक समावेशी निती २०७९ नमुना बनाउन मायाँदेवी गाउँपालिकालाई ध्यानाकर्षण गराउने  निर्णय गरिएको छ ।

स्वास्थ्य बिमा , छाडा चौपाया व्यवस्थापन , सार्वजनिक शौचालय निर्माण , सामुदायिक विद्यालयको अनुगमन गरी समस्या पहिचान गर्ने , विद्यालयमा निशुल्क बितरण गर्ने सेनेटरी प्याड , घरेलु तथा लैगिंक हिंसा न्यूनिकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने , सम्बन्धित पालिका र वडासँग बिभिन्न अभियान सञ्चालनकालागि कार्यक्रम माग गर्ने निर्णय भएको छ ।

कार्यक्रममा नेपाल सरकारबाट निशुल्क उपलब्ध औषधि प्रयाप्त भए नभएको, बर्थिङ सेन्टरमा अनुगमन गरी ध्यानाकषर्ण गराउने, लैंङ्गिक विभेद ,बाल विवाह जस्ता समस्याको पहिचान गरी समाधानकालागि कार्य गर्ने निर्णयहरू गरिएका थिए ।

अन्य

भिडियो