INSEC Online

📅 २०८३ जेष्ठ २१

सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड गरेका छन् ।

इन्सेकद्वारा सल्यानको खलंगामा असार २१ गते आयोजित छलफल कार्यक्रममा सिफारिस संयन्त्रका संयोजक गुमान सिंह नेपालीले उक्त विषयमा जोड दिनु भएको हो ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दैनिक रुपमा बढिरहेको अवस्थामा घटनाका पीडितलाई व्यवस्थित रेखदेख तथा एकीकृत रुपमा सहयोग प्रदान गर्ने प्रणालीको विकास गरी विभिन्न सेवा उपलब्ध गराउन गठन गरिएको सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संयोजक नेपालीले जानकारी दिनुभयो ।

सिफारिस संयन्त्रका विषयमा जिल्लास्थित सबै सरोकारवालालाई जानकारी गराउन समन्वयात्मक अन्तरक्रिया गर्नसके सिफारिस संयन्त्रको प्रभावकारिता अझै बढाउन सकिने छलफलका सहभागीहरूले सुझाव दिनु भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा केही दिन अघि सम्पन्न सिरफारिस संयन्त्रको प्रभावकारिता विषयक कार्यशालामा छलफल भएको विषयलाई समेत सिकाइका रुपमा छलफल कार्यक्रममा आदान प्रदान गरिएको थियो ।

छलफलले शारदा नगर पालिकाको न्यायिक समितिका सदस्य पुष्पा नेपाली र ओसीएमसीबाट डक्टर संजय यादवलाइ सिफारिस संयन्त्रको सदस्यमा सिफारिस गरेको छ ।
SalyanPhoto20220706

अन्य

भिडियो