INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

असार ८ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गर्नु भएको ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमा उल्लेखित घटना मध्ये राज्य पक्षबाट दुई र अन्य पक्षबाट ४० घटना भएको हो । बालिका बलात्कारका ६, यौन दुव्र्यवहारको तीन, महिला बलात्कारका आठ, परिवारजनबाट हत्या दुई, बहुबिबाहका १२, आगजनी एक, सपत्ति क्षति एक, गिरफ्तार एक, आत्म हत्या दुरुत्साहन एक, हत्या ६ र दुव्र्यवहार एक घटना प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रतिनिधिले अभिलेख गर्नु भएको ४२ घटनामा १९ पुरुष र ३३ महिला गरी ५२ जना पीडित भएका छन् ।
समीक्षा बैठकमा लहान नगरपालिकाका नगर उपप्रमुख रामचलितर महतोले न्यायिक समितिबाट दिइने न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ कार्य गर्ने बताउनु भयो ।

समाजमा लैङ्गिक हिंसामा महिला मात्रै नभई पुरुष समेत पीडित हुने भएकोले पीडित मुखि भएर सबैको सहकार्यमा न्याय सम्पादन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

उपप्रमुख महतोले एक्लैको पहलमा केही गर्न नसक्ने भएकोले नेपाल प्रहरी र संघ संस्थाहरुले मिलेर जनचेतना फैलाउन आवश्यक रहेकोले यसका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा मार्गदर्शन दिने गरेको बताउनु भयो ।

मानव अधिकार वर्ष पुस्तकले कुन क्षेत्रमा काम गर्नु पर्ने भन्ने सन्दर्भमा सुझाब समेत दिएको उहाँको भनाई थियो । प्रहरी एक्लैले मानव अधिकारको संरक्षण तथा अपराधको न्यूनिकरण गर्न नसक्ने हुँदा यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो ।

अधिकारकर्मी देवराज पोखरेलले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक सबैको सोधको पुस्तक भएको बताउनु भयो ।
photo20220623siraha (1)

photo20220623siraha (2)

अन्य

भिडियो