INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ ।

सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो ।

समीक्षामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सङ्कलन गरेका १७ ओटा घटना अभिलेख गरेको छ ।

नौ ओटा बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहार, चार ओटा महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, चार ओटा कुटपिटका घटना सङ्कलन गरिएको प्रतिवेदनमा समेटिएको छ ।

ज्ञानको अभाव र मानवीय ‘इगो’का कारण पनि हिंसाजन्य घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर सोमदास ढकालले बताउनु भयो ।

हिसांजन्य घटना न्यूनिकरणका लागि जनप्रतिनिधि, टोल सुधार समिति सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । ‘सबै प्रहरीले कन्ट्रोल गरेर मात्र सकिँदैन ।–उहाँले भन्नु भयो–‘सबैले पहल गर्नुपर्छ ।’

वर्ष पुस्तकको घटना अभिलेखिकरण प्रशंसनीय रहेको पत्रकार महासङ्घ गोरखाका अध्यक्ष नरहरी सापकोटाले बताउनु भयो ।
photo20220621gorkha (1)

photo20220621gorkha (2)

अन्य

भिडियो