INSEC Online

📅 २०८३ जेष्ठ २२

नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी छः शिक्षा शाखा प्रमुख खत्री

क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले नगरपालिका भित्रका विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेकोले चाँडै नै नगरपालिकाको तर्फबाट नगर स्वयम्सेवक शिक्षक राख्ने तयारी भइरहेको बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा क्षिरेश्वरनाथ नगरपालिकामा गठित नगर स्तिरीय मानव अधिकार समूहको आयोजनामा महेन्द्रनगरमा जेठ ३० गते आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख खत्रीले नगरपालिकामा २० ओटा सामुदायिक र चार ओटा धार्मिक विद्यालय गरी २४ ओटा विद्यालय रहेकोमा सबै विद्यालयमा आवश्यकता अनुसारको भौतिक संरचना पर्याप्त रहेपनि विषयगत शिक्षकहरुको अभाव रहेको बताउनु भयो ।

उहाँले दिवा खाजाको लागि हप्ताको ६ दिन पौष्टिक आहार पुग्ने गरी खाजाको कार्यक्रम विद्यालयको समन्वयमा संचालन भइरहेको बताउनु भयो ।

स्वास्थ्य शाखाका प्रमुख रामबहादुर यादवले प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क टिकटदेखि लिएर उपलब्ध औषधि निःशुल्क प्रदान गर्दै आएको बताउनु भयो ।

नगरपालिकामा १० ओटा स्वास्थ्य चौकी र एक वर्थिङ् सेन्टर रहेकोमा आफुहरुले गर्भवतीले नियमित चार पटक चेकजाँच गराएबापत १ हजार रुपियाँ यातायात खर्च र ८ सय रुपियाँ चेक गराएबापत दिँदै आउनुको साथै वर्थिङ् सेन्टरमा बच्चा जन्माएको खण्डमा न्यानो कपडा समेत प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।

कृषि शाखाका प्रमुख गङ्गा यादवले धानको विउ बिजनको लागि किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बताउनु भयो ।

नगरपालिकाभरमा ६५ ओटा समूहमार्फत आफुहरुले कृषिसम्बन्धी गतिविधि, विउबिजन र मल खाद्य लगायतको कृषि यन्त्रहरु उपलब्ध गराउँदै आएको उहाँले बताउनु भयो ।

किसानहरुलाई मौैसम अनुसारको राहत सामग्री र तालिमको व्यवस्थापन गर्दै आएको उहाँले बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष शोभा भण्डारीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको लागि तल्लो तहबाटै आवाज उठाउनुपर्नेमा जोड दिनु भयो ।
photo20220615dhanusha

अन्य

भिडियो