INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार प्रवर्धन अभियानको क्रममा अन्तरक्रिया तथा र्‍याली

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा बाल अधिकार चेतना समूह धनुषा, कब्बडी खोखो एकेडेमी, मानव अधिकारका लागि महिला र एकल महिला समूहको समन्वयमा क्षिरेश्वरनाथ नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानको क्रममा जेठ १७ गते अन्तरक्रिया तथा र्‍यालीको आयोजना गरिएको छ ।

कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको संरक्षण र सम्बद्र्धन तथा प्रवर्धन गरिनु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनु भयो ।

स्थानीय समुदाय सचेत भई जिम्मेवार निकायलाई जबाफदेही बनाउन तयार रहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

मानव अधिकारको संरक्षण हुँदै प्रवर्धन गर्न सकेको खण्डमा बढी भन्दा बढी नागरिकले मानव अधिकार बारे जानकारी प्राप्त गर्ने उहाँको भनाइ थियो ।

मानव अधिकार समूहकी अध्यक्ष शोभा भण्डारीले मानव अधिकार समूहले विगतमा पनि मानव अधिकारका लागि आवाज उठाएको हो, अहिले पनि उठाउँदै छौँ र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको हक संविधानमा स्पष्ट उल्लेख छ त्यसैले यसको कार्यान्यवनमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।

कार्यक्रम पश्चात क्षिरेश्वर उच्च माध्यमिक विद्यालयबाट महेन्द्रनगरको सखुवा चोकसम्म विभिन्न जनचेतनामुलक सन्देशसहितको प्लेकार्डसहित र्‍याली प्रदर्शन गरिएको छ ।

photo20220601dhanusha

अन्य

भिडियो