INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक सञ्जालका सदस्यका लागि तीन दिने तालिम

स्थानीय तहमा क्रियाशील मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुका लागि तीन दिने मानव अधिकार तालिम फागुन ३० गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको छ ।

इन्सेक कर्णाली प्रदेशको आयोजनामा सुरु गरिएको तालिममा इन्सेककी व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले तालिमले मानव अधिकार रक्षाको क्षेत्रमा थप सहयोग पुग्ने बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि तालिममार्फत सिकेका कुराले मानव अधिकारको क्षेत्रमा पैरवी गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

तालिममा मानव अधिकारको परीचय र विकासक्रम, मानव अधिकार रक्षकहरूको अधिकार, भूमिका तथा उत्तरदायित्व, लिङ्ग, लैङ्गिक विभेद र सकारात्मक परिवर्तनलगायतका विषयमा छलफल हुने मानव अधिकार रक्षकको अधिकार सम्बोधन कार्यक्रमका संयोजक किरण पौडेलले बताउनु भयो ।

उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा दैलेख र सुर्खेत जिल्लामा क्रियाशील स्थानीय मानव अधिकार सञ्जालका ३३ जना सदस्यहरूको सहभागिता रहेको छ ।

photo20220315surkhet (1)

photo20220315surkhet (2)

photo20220315surkhet (3)

अन्य

भिडियो