INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र मानव अधिकार समूहको संयुक्त आयोजनामा फागुन २६ गते बैजनाथ गाउँपालिकामा  शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले ग्रामीण  क्षेत्रमा रहेका महिलाहरूको अधिकार सुनिश्चित गर्नको लागि गाउँपालिकामा मानव अधिकार समूहको  गठन गरिएको बताउँदै मानव अधिकार समूहले गाउँ ठाउँका समस्याहरूलाई सम्वोधनका  लागि गाउँपालिकासम्म पहल गर्दै आएको बताउनु भयो ।

photo2022031103banke

मल्लले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका साथै महिला तथा बालबालिका समस्याहरू गाउँपालिकासम्म पुर्याउन आग्रह गर्नु भयो ।

मानव अधिकार समूहकी सह संयोजक गोमा रिजालले मानव अधिकार समूहले  नागरिकको शिक्षा, स्वास्थ्य , खाद्य र आवासको क्षेत्रमा गाउँ गाउँसम्म काम गर्दै आएको बताउनु भयो ।

कृषि शाखा प्रमुख प्रमोदकुमार विकले गाउँपालिकामा सुचिकृत भएका कृषकहरूलार्ई धानको विउ, मकैको विउँ ५० प्रतिशत अनुदानमा उपलब् गराइएको बताउनु भयो ।

पशु सेवा शाखा प्रमुख खड्क सिंहले गाउँपालिकाको प्रत्येक वडामा एक जना  प्राविधिक अनिर्वाय हुने भएकोले सवै वडामा प्राविधिकहरूको व्यवस्थापन गर्ने काममा अगाडि बढेको बताउनु भयो । सिंहले गाउँपालिकाका कृषकहरूलाई कुखुरा, बाख्रा अनुदानमा दिएको बताउनु भयो ।

photo2022031101banke

अन्य

भिडियो