INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनुषाले मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस १६ गते जनकपुरधाममा सम्पन्न गरेको छ ।

जिल्लामा सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा सङलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याद्तीका घटनाको प्रतिवेदन इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमा यो वर्षमा १ सय १५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना जिल्लामा सङ्कलन गरिएको उल्लेख छ ।

धनुषामा ३५ ओटा बलात्कारका घटना सङ्कलन गरिएको छ । जसमा २२ जना बालिका र १३ जना महिला बलात्कार घटना बलात्कार प्रयासका नौ ओटा, ‘बोक्सी’ आरोपका एक ओटा, जातीय विभेदका एक ओटा, अन्य पक्षबाटबाट २० जनाको हत्या भएकोमा परिवारकै सदस्यबाट हत्याका घटना ६ ओटा अभिलेखित छन् ।

हत्या प्रयासका एक ओटा, हिरासतमा मृत्यु एउटा, मोसो र दुव्र्यवहारका चार ओटा, राज्यपक्षबाट दुई जना उपर कुटपिटसहितका १६ ओटा घटना, बहुविवाहका १६ ओटा, बेचबिखनका चार ओटालगायतका घटना जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मानव अधिकारको क्षेत्रमा नेपालमा छापिने किताबहरूमध्ये नेपाल मानव अधिकार वर्ष पुस्तक तथ्यपरक र सबैभन्दा उत्कृष्ट हुने गरेको बताउनु भयो ।

एक वर्ष भित्रमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजानिक गरी समाजका बेथिति र न्यायमा पहुँचको अवस्थाबारे इन्सेकले जनता समक्ष राख्नु राम्रो प्रयास भएको प्रशंसा गर्नुभयो ।

मानव अधिकारको क्षेत्रमा हामी समेत निकै जिम्मेवार र संवेदनशील रहेको बताउनु भयो । प्रहरी प्रशासनमा समेत मानव अधिकारको क्षेत्रमा हामी संवेदनशील हुँदाहुँदै पनि नागरिकताको सवालमा हामीले कानुनी अड्चनले गर्दा हामीले केही समस्या भएको हो तर नियम र कानुनवद्ध रूपमा हुने काम कारवाही जिल्ला प्रशासन कार्यालय धनुषाले चनाखो भई सर्वसाधारणको छिटो छरितो रूपमा काम गर्दै आएको बताउनु भयो ।

इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले जिल्ला प्रतिनिधिले घटना सङ्कलन गरेपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतलगायत विभिन्न सङ्घसंस्था र इन्सेक धनुषा प्रतिनिधिहरूलाई समेत पीडित पक्षले न्यायको लागि पहल गरि दिन उजुरी दिएको खण्डमा सहयोग गर्ने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्णले इन्सेकले ३० औँ संस्करणको लागि वर्ष पुस्तक प्रकाशन पूर्व जिल्ला जिल्लामा वार्षिक समीक्षा गर्नु घटनाहरू सार्वजानिक गर्नु सरहानीय काम भएको प्रशंसा गर्नुभयो ।

सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेनले मानव अधिकारको सवालमा हामी सशस्त्र प्रहरी निकै संवेदनशील रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले प्रहरी सङ्गठन मानव अधिकारको क्षेत्रमा निकै संवेदनशील रहेको बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अनुसन्धान अधिकृत मनमाया राणा मगरले इन्सेकले वर्ष पुस्तक प्रकाशन गर्नु पूर्व सरोकारवालासमक्ष छलफल गराउनु निकै सकारात्मक कार्य रहेको बताउनु भयो ।

निल हिरा समाज प्रदेश २ का संयोजक प्रदिपकुमार यादवले यौनिक तथा अल्पसङ्ख्यकहरूमाथि समेत बलात्कार तथा हिंसा, दुव्र्यवहारका घटनाहरु भएको र यस वर्ष पुस्तकको समीक्षामा आफूहरूको घटना र आवाज नआएको बताउनु भयो ।

थर्ड एलाइन्स प्रदेश २ संयोजक अर्जुन साहले घटनाका पीडितहरूले सहजै न्याय पाउन नसकिरहेको बताउनु भयो ।

एडभोकेसी फोरमका प्रदेश २ संयोजक रहनुभएका अधिवक्ता राजकुमार महासेठले अहिले राज्य पक्षबाट ज्यादतीका घटनाहरू नभएको बताउनु भयो ।

अन्य

भिडियो