INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पुस १ गते सरोकारवालाबिच समीक्षा गरिएको छ ।

इन्सेक उदयपुरको आयोजनामा गरिएको समीक्षामा सन् २०२१ जनवरीदेखि डिसेम्वर १५ सम्म अभिलेखीकरढा गरिएका ६९ ओटा घटनामा सरोकारवालाबिच समीक्षा गरिएको हो ।

जिल्लामा ११ महिनाको अवधिमा राज्य पक्षबाट कुटपिट एक, अन्य पक्षबाट बालिका बलात्कारका २४, महिला अधिकार अन्तरगत बलात्कार तथा बलात्कारको प्रयासका १६ र घरेलु हिंसाका १४ गरी ६९ ओटा घटनामाथि समीक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्क परियारले इन्सेकले जिल्लामा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने विषयमा खाका प्रस्तुत  गरेको बताउनु भयो । उहाँले हिंसा प्रभावित बालिका तथा महिलाको हकमा अझ प्रभावकारी कार्यक्रम लिएर जान सरोकारवालासमक्ष आग्रह गर्नु भएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले इन्सेकले वर्षौँ देखि मानव अधिकारको मुद्दा काम गर्दै आएको र यसले जिल्लामा बालिकाहरूको अवस्थाको चित्रण गरेको बताउनु भयो । उहाँले बालिका सचेतना, बालिकामाथि हुने हिंसा कम गर्न काम गर्नु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय महिला सेल इन्चार्ज उमा गुरुङ्गले छुटेका केही घटनाहरू भए त्यसलाई अभिलेख गर्न, जेष्ठ नागरिक तथा विशेष क्षमता भएका व्यक्तिको छुट्टै तथ्याङ्क राख्न इन्सेक प्रतिनिधिलाई सुझाव दिनु भयो ।

नेपाल पत्रकार महासङ्घका उदयपुर शाखाका अध्यक्ष भरत खड्काले जिल्लामा अघिल्लो वर्ष भन्दा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना कम अभिलेख भएकाले प्रहरी, अदालत भन्दा पनि न्यायिक समितिहरूमा आएका उजुरीलाई पनि समावेश गर्न आग्रह गर्नु भयो ।

समीक्षा कार्यक्रममा अधिकारकर्मी, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

Photo 20211219 Udayapur (4)

Photo 20211219 Udayapur (1)  Photo 20211219 Udayapur (5)

अन्य

भिडियो