INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४ गते समीक्षा गरिएको छ ।

विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा मानव अधिकार सञ्जाल झापा तथा इन्सेक झापाको संयुक्त आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ प्रकाशन पूर्व वार्षिक समीक्षा’कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा इन्सेक झापा प्रतिनिधि नरेश खातीले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।

जिल्लामा सन् २०२१ को जनवरीदेखि नोवेम्वरसम्मको अवधिमा मानव अधिकार उल्लङ्घनका घटनाहरूको आधारमा समीक्षा गरिएको छ । जसमा हत्याका २ ओटा घटना, महिला अधिकारसँग सम्बन्धित ८२ ओटा, बाल अधिकारका ८३ ओटा गरी जम्मा १ सय ६७ ओटा सार्वजनिक गरिएको छ ।

समीक्षामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले नेपालमा मानव अधिकारको सम्वद्र्धन र संरक्षणका निमित्त इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले विगतका वर्ष पुस्तक तथा प्रतिवेदनले  मानव अधिकार रक्षामा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी तिम्सिनाले समीक्षा प्रतिवेदनतर्फ इङ्गित गर्दै मानव वेचविखनविरूद्धमा काम गर्ने संघसंस्था र प्रशासनको सकारात्मक प्रयासलाई प्रतिवेदन राखिदिन आग्रह गर्नु भयो । उहाँले झापामा क्षमता भन्दा बढी कैदी भएकोले कारागारको समस्या देशव्यापी समस्या भएका बताउनु भयो ।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले झापामा मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको बताउनु भयो । उहाँले इन्सेकले लामो समयदेखि निडरतापूर्वक हिंसाका घटना अभिलेखीकरण गरेर महत्वपूर्ण कार्य गरेको बताउनु भयो ।

नारी सञ्चारगृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले मानव अधिकार रक्षाका लागि सरोकारवाला कुन‒कुन क्षेत्रसँग काम गर्ने निश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा अधिकारकर्मी,पेशाकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो ।

Photo 20211210 Jhapa (1)

Photo 20211210 Jhapa (3)

Photo 20211210 Jhapa (4)

Photo 20211210 Jhapa (5)

अन्य

भिडियो