INSEC Online

📅 २०८३ जेष्ठ २१

सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक मङ्सिर ७ गते सम्पन्न भएको छ ।

इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल र कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको उपस्थितिमा आयोजित बैठकमा जिल्लाका क्रियाशिल पत्रकार, मानव अधिकारकर्मी, मानव  अधिकार समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्ली चौलागाइँ, पत्रकार प्रेमराज सिम्खडा, पुष्प भट्टराई, प्रेणा विश्वकर्माले पत्रकारहरूले अहिले पनि समाचारकै कारण धम्की खेप्नु परिरहेको बताउनुभयो । साथै उहाँहरूले कालिकोटका पत्रकारहरूमा एकरूपता नहुँदा असुरक्षित अवस्थामा रहेको बताउनुभयो ।

इन्सेक प्रदेश कार्यालयका संयोजक सुवेदीले मानव अधिकार रक्षकहरू एकताका साथ जानु पर्ने र मानव अधिकारका सवालहरूलाई संयुक्त रूपमा उजागर तथा वकालत गर्नु पर्ने सुझाव दिनु भयो ।

साथै उहाँले मानव अधिकार रक्षकहरूमा आइपर्ने समस्या समाधानका लागि इन्सेकले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

Photo2021122Kalikot

अन्य

भिडियो