INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामामा शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज १४ गते बुद्धभूमिमा सम्पन्न भएको छ ।

कार्यक्रममा भृकुटी माविका  विद्यार्थी अस्मीता खनालले शिक्षाको अधिकारका विषयमा संविधानमा उल्लेख गरिएको सुविधा विद्यार्थीहरूले प्राप्त गर्न नसकेको बताउँदै निशुल्क शिक्षा भने पनि शुल्क तिर्न बाध्य भएको बताउनु भयो । उहाँले कोभिडको दौरानमा विद्यालय बन्द भएपनि कुनै न कुनै बहानामा १२ महिनाको शुल्क लिएको गुनासो गर्नु भयो ।

अर्का विद्यार्थी राहुल खनालले संविधान र कानुनमा आधारभुत शिक्षा अनिवार्य र निशुल्क, माध्यमिक शिक्षा निशुल्क भनिए पनि विद्यालयले प्राविधिक शिक्षा र अग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीहरूवाट शुल्क उठाउने गरेको बताउनु भयो ।

photo2021100101kapilvastu

यसैगरी, विद्यार्थी शोभा खनालले विद्यालयले उपलब्ध गराउदै आएको सेनेटेरी प्याड काम नलाग्ने तथा गुणस्तरहीन भएको बताउनु भयो ।

कृषि विषय पढ्ने विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षा हुनुपर्ने भएपनि अहिले सम्म फिल्डमा झार गोड्ने बाहेक कुनै काम नभएको गुनासो गरेका थिए ।

भृकुटी मावि व्यवस्थापन समितीका अध्यक्ष बलबहादुर सेन वलीले शिक्षाको गुणस्तरलाई वृद्धि गर्ने भनिएको भए पनि सरकारले शिक्षक दरबन्दी परिर्पुिर्त नगर्दा विद्यार्थीहरूले गुणस्तरिय शिक्षा लिन नपाएको बताउनु भयो ।

जनकल्याण माविका प्रधानाध्यापक टिकाराम खानालले शिक्षामा बजेट अभावका कारण कुनै न कुनै बहानामा विद्यार्थीहरूबाट शुल्क लिन बाध्य भएको बताउनु भयो ।

यसैगरी, भृकुटी माविका प्रधानाध्यापक बेदप्रकास भुसालले विद्यार्थीहरुबाट शुल्क नलिऐ विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताउनु भयो । प्राविधिक शिक्षाका लागि अनुगमन भनेर १ लाख ५० हजार छुट्टाइएकोमा कोभिडका कारण अनुमगन गर्न नसकिएको बताउनु भयो ।

भृकुटी सामुदायिक बिकास केन्द्रका अध्यक्ष मिनराज बेल्वासेले शिक्षा निति व्यवहारीक नभएको भन्दै व्यवसायीक, जिवन उपयोगी शिक्षा निति ल्याउनु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्राविधिक सहायक माधव पौडेलले कोभिडका कारण विद्यालय बन्द भएपछि गुणस्तरिय शिक्षा लिन नपाएको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, विद्यार्थी विद्यालय व्यवस्थापन समतिका पदाधिकारी अभिभावक लगायतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो