INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूह बुद्धभूमिको समन्वयमा बुद्धभुमि नगरपालिका–२ गोरुसिगेंमा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया असोज ११ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले इन्सेकले लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारको अनुगमन, अभिलेखिकरण, पैरवी र मानव अधिकार शिक्षालगायतका  विषयमा काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाले खाद्य सुरक्षा र लक्षित वर्गलाई फोकस गर्ने गरी नेपाल सरकारले बहुक्षेत्रीय कार्यक्रम अन्तरगत सुनौला हजार दिनका आमाहरूकालागि प्याकेज कार्यक्रमहरू ल्याएको बताउनु भयो ।

photo2021092801kapilvastu

पौडेलका अनुसार स्वास्थ्य संस्था र बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका महिलाहरूलाई लक्षित प्याकेजहरूमा पोषण झोला वितरण स्वास्थ्य चौकीहरु मार्फत गरिएको छ ।

यसैगरी नगरपालिका भित्र पानीमा आर्सेनिनकको समस्या भएकोले  यस आर्थिक वर्षमा  आर्सेनिकको समस्यालाई अभियानको रुपमा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

दुध उत्पादन गर्ने किसानहरुलाई दुधको उत्पादनको आधारमा अनुदान दिइएको छ । गत वर्षदेखि खाद्य बस्तुको गुणस्तर जाँच तथा बजार अनुगमनको थालनी गरिएको पौडेलले बताउनु भयो ।

कृषि शाखा प्रमुख देबीराम बेल्बासेले नगरपालिका ठुलो भएको र  सिमित श्रोत साधन भएका कारण समूह, सहकारी मार्फत किसानलाई बिउबिजनहरू वितरण हुदै आएको बताउनु भयो । उहाँले कृषिमा भएका कमी कमजोरीलाई  आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

पशु सेवा शाखाका प्रमुख लक्ष्मणलाल श्रीवास्वतले बुद्धभूमि नपामा खाद्य बस्तु, तरकारी र मासुजन्य बस्तुवाट आत्मनिर्भर भएको भन्दै नागरिकको खाद्य सुरक्षाका लागि बजार देखि भान्सा सम्म गुणस्तर र पोषण युक्त खाना पुर्‍याउनु लागि बजार अनुगमनलाई प्रभावकारी बताउनु पर्ने बताउनु भयो ।

अन्य

भिडियो