अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत दैलेखको नारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूहले भदौ २६ गते सदरमुकामस्थित जिल्ला अदालतबाट शान्ति कलौनी हुँदै टुडिखेल धारा जानेबाटो सरसफाई गरेको छ ।
ज्वालामुखी होटलदेखि शान्ति कलौनी नजिकसम्म करिव ३ सय मीटर बाटोमा सिस्नो, एैसेलु लगायतका काँडाहरू र झारपातले बाटो साँघुरो र फोहोर भएकोले सरसफाई गरिएको मानव अधिकार समूहका संयोजक रेखा थापाले बताउनुभयो ।

संयोजक थापाका अनुसार नगरपालिकाका कार्यपालिका सदस्य शंकर बयलकोटी, नारायण नगरपालिका–१ का वडासदस्य रमेश केसी, वडासचिव गोपाल श्रेष्ठ र मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा सरसफाई कार्य गरिएको थियो ।
समस्या पहिचान तथा समूहको कार्ययोजना निर्माण वैठकले नारायण नगरपालिकाको विभिन्न स्थानमा खानेपानी व्यवस्थापन, रातामाटे–नमूनाबस्ती लगायतका स्थानमा भूमिहीनलाई जग्गा प्राप्त, जनता आवासको प्रभावकारिता लगायत कृषि, शिक्षा र स्वास्थ्य सवालमा के कसरी काम गर्ने भनी जनप्रतिनिधि समेतको रोहवरमा कार्ययोजना निर्माण गरेको समूहले जनाएको छ ।
