INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण

इन्सेकद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा केन्द्रित रहेर समस्या पहिचान गरि समाधाका लागि पहल गर्न कार्ययोजना निमार्ण गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत शुभकालिका गाउँपालिकामा मानव अधिकार समूह अन्य सरोकारवालाको सहभागितामा भदौ १८ गते समस्या पहिचान तथा वार्षिक कार्ययोजना बनाएको मानव अधिकार समूह शुभकालिकाका कार्यवाहक संयोजक सुष्मीता विश्वकर्माले बताउनु भयो ।

phpto20210906 Kalikot 1

कार्यक्रममा कोभिड महामारीको समयमा विद्यालयमा बालबालिकाहरूलाई सुरक्षा सामग्री नहुनु, विद्यालयमा खानेपानी, शौचालय, शैक्षिक सामग्रीको अभाव, शिक्षक दरवन्दी अभाव सम्वन्धि समस्या रहेको औल्याएका थिए ।

यसैगरी स्वास्थ्य क्षेत्र अन्तरगत वर्थिङ सेन्टरमा जनशक्तिको अभाव, औषधी तथा उपकरणको अभाव लगाएतका समस्या पहिचान गरिएको संयोजक विकले जानकारी दिनुभयो ।

यस्तै खाद्यको विषयमा शुभकालिका गाउँपालिका७ मा रहेको कुमाल वस्तिमा उत्पादन हुने खाद्यान्न एक महिना मात्र पुग्ने भएकाले खाद्यान्नको समस्या रहेको स्थानीय अप्सरा कुमालले बताउनु भयो ।

साथै आवासमा शुभकालि६ हाउडिको मुडिकाटिया, ८ को समलगाउँ लगायतका वस्तिहरू जोखिममा रहेको र केहि घरहरू खरमुक्त हुन बाँकी रहेको जस्ता समस्याका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्वन्धि सरोकारवालाको समेत सहभागिता रहेको थियो।

phpto20210906 Kalikot 2

अन्य

भिडियो