INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २७ गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा हत्याका पाँच ओटा, बाल अधिकार अन्तरगत  बलात्कार र यौन दुर्व्यवहारका ३१ ओटा , महिला अधिकार अन्तरगत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका १३ ओटा, बेचबिखन दुई ओटा, घरेलु हिंसा ८० ओटा गरी ६ महिनाको अवधिमा १ सय ३१  ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

photo2021071202kapilvastu

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले इन्सेकले गर्ने कार्य तथ्य परक हुने गरेको बताउनु भयो ।  उहाँले  कोभिड– १९ ले शिक्षामा पारेको असरका सम्बन्धमा विद्यालय सञ्चालन कति दिन भए र कति दिन भर्चुअल माध्यमबाट सञ्चालन भए भन्ने विषयमासमेत इन्सेकलेले तथ्याङ्कमा राख्न सुझाव दिनु भयो ।

प्रजिअ पाण्डेले राज्य पक्षबाट मानव अधिकारको हनन् भएको थाहा पाएमा समयमा नै सूचना दिन आग्रह गर्दै मानव अधिकारका विषयमा सदैव सचेत रहेको बताउनु भयो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुमिराम पोख्रेलले इन्सेकको अभिलेखले राज्यका निकायलाई काम गर्न मार्गदर्शनको काम गरेको बताउनु भयो ।

सहायक जिल्ला न्यायधिवक्ता दामोदर गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारका लागि सूचनाको महत्वपुर्ण आधार बन्दै गएको बताउनु भयो । उहाँले मुद्दाको फैसला नहुँदासम्म पीडकको नाम सार्वजनिक गर्न नहुने बताउनु भयो ।

photo2021071203kapilvastu

जिल्ला प्रहरी कार्यालयका एसपी  दानबहादुर कार्कीले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन गर्दा छुटेका घटनाहरूलाई पनि समेटन सुझाव दिनु भयो ।

माहुरीहोमका अध्यक्ष रबिन्द्रनाथ ठाकुरले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको  अभिलेखलाई निरन्तरता दिइरहेको बताउँदै पुस्तकमा समेटिने सूचनालाई सत्य तथ्य बनाउन समीक्षाले मद्दत पुर्‍याउने बताउनु भयो ।

अन्य

भिडियो