INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहले बुझायो नगरपालिकामा ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार समूहले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचार प्रभावकारी बनाउन माग गर्दै असार ९ गते  बुद्धभुमि नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मानव अधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको संयोजनमा  कोभिड–१९ को दोस्रो लहरको सुरुका दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँ र अक्सिजन अभाव तथा आवश्यक औषधि र उपकरणहरू सहज उपलब्ध हुन नसक्दा ज्यान गुमाउनु परेको र  हाल सङ्क्रमित हुने दरमा केही कमी आए पनि अपेक्षाकृत सुधार हुन नसकेको, सरकारले रोकथाम र नियन्त्रणका लागि निषेध आदेश जारी गरेका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने वर्गलाई सङ्कट उत्पन्न भएकोले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

photo2021062501kapilvastu

यसैगरी, कोभिड विरूद्धको खोप सम्पुर्ण जनताले लगाउन पाउने सुनिश्चिता गर्नुपर्ने, पीसीआर तथा एन्टिजीन किटको व्यवस्था गरी परीक्षणको दायरा बढाउनु पर्ने, निषेध आदेशका कारण खाना खान नपाउनेवर्गलाई विषेश राहत प्याकेज कार्यक्रमको व्यवस्था गर्नुपर्ने, दिर्घरोगीहरूलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गर्नु पर्ने ध्यानाकर्षण  पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर श्रेष्ठले प्रदेश र स्थानीय तहले मात्र चाहेर नहुने भएकोले सङ्घीय सरकारले समयमा नै कोभिडको खोपको व्यबस्था गरे स्थानीय तहले समयमा व्यवस्थापन गर्ने बताउनु भयो ।

अन्य

भिडियो