INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकामा माघ १६ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह भोक्राहा नरसिंहको संयोजनमा गाउँपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले गाउँपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको र थप आकर्षक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सशर्त कार्यक्रममा आएको बजेट प्रयाप्त नभएपनि त्यसको लागि थप बजेटसहित कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष कैजुम अन्सारीले प्रत्येक वडामा पशु प्रविधिक र कृषिका लागि जेटिएको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन भएको कृषि उपजको बजार भाऊ नपाएको, भण्डारण गर्ने ठाउँ नहुँदा लगानी भन्दा कममा विक्रि गर्न बाध्य भएको गुनासो गुर्न भयो ।

कार्यक्रममा सहभागी सुकदेव यादवले उन्नत जातको पशुपालन गर्नुपर्ने र कृषिमा आधुनिकीकरण तथा व्यसायीकरण आवश्यक रहेको बताउनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका–६ का वडाध्यक्ष राजेश्वर प्रसाद साहले कृषि र पशु पालनमा ध्यान दिनुपर्ने र आफूहरूले वडाबाट दवाव दिएर भएपनि प्रत्येक वडाका किसानलाई सेवा दिन जेटिएको व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख रेनुका चौधरीले गाउँमा रहेको रैथाने बालीको संरक्षण गरी जैविक विविधताको संरक्षण गरिनुपर्ने र त्यसको लागि पालिकाले नीति नै बनाउनुपर्ने बताउनुभयो ।

उहाँले कृषिमा माटो परीक्षण नगरी अनाधिकृत रूपमा प्रयोग भएको रसायनिक मल र विषादीले माटोमा असर पारेकाले उत्पादनमा कमी आएको बताउनु भयो ।

कार्यक्रममा पशु शाखा प्रमुख कपिलदेव यादवले पशुका लागि घाँस आवश्यक भएकाले घासमा अनुदान दिनुपर्ने, किसानलाई उन्तत जातको पशुपालनका लागि तालिम दिनुपर्ने र नश्ल सुधार कार्यक्रमलाई व्यापक बनाउनुपर्ने बताउनुभयो ।

पशु अधिकृत मोहमद कलाल कैयुमले उन्नत जातको पशु पालन र आधुनिक कृषि खेती आवश्यक रहेको र त्यसका लागि सरकारको बजेट र निती आवश्यक रहेको बताउनुभयो ।

Photo 20200129 Sunsari (3) Photo 20200129 Sunsari (2)

अन्य

भिडियो