अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को कर्णाली प्रदेश स्तरीय वार्षिक सम्पादन भेला वीरेन्द्रनगरमा शुरू भएको छ ।
भेला उद्घाटन सत्रमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले परिवर्तित राजनीतिक घटनाक्रमपछि देखिएको अवस्थालाई मध्यनजर गर्दै इन्सेककर्मीहरू सचेत रहन आग्रह गर्नुभयो ।
संयोजक सुवेदीले जिल्लाहरूमा गरिएका पुर्व समीक्षा कार्यक्रममा आएका सुझावहरूको आधारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूलाई सम्पादन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका अधिकृत गोविन्द त्रिपाठीले नेपाल वर्ष पुस्तकमा समेटिने घटनाहरू तथ्यपरक र सत्यतामा आधारित हुनुपर्नेमा जोड दिनु भयो ।
इन्सेक कर्णाली प्रदेशका प्रलेख अधिकृत टीका विष्टले सहजिकरण गरेको कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका अधिकृत अनुज केसीले जिल्ला प्रतिनिधिले संकलन गरेका घटनालाई डिजिटलाइज गर्नको लागि नयाँ सफ्टवयरमा दर्ता गर्नुपर्ने बताउनुभयो ।
सम्पादन भेलामा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।