INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस १२ गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।

इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सन् २०२० को अवधिमा जिल्लामा १ सय १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएकामध्ये महिला र बालबालिका हिंसाका घटना बढी भएको अभिलेख गरिएको छ ।

photo20201228siraha (1)

कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा एक वर्षको अवधिमा परिवारजनबाट चार महिलाको हत्या, बलात्कारका घटनामा ३१ बालिका र २१ महिला गरी ५२ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

लहान नगरपालिकाका उपप्रमुख सरियारकुमारी चौधरीले इन्सेकको अभिलेखनले सरोकारवालाहरूलाई पनि जिम्मेबार बनाउन सहयोग गर्ने गरेको बताउनु भयो ।

मानव अधिकार संरक्षणमा सबैको भुमिका अपरिहार्य रहेकोले आफ्नो तर्फबाट सबै किसिमको सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

photo20201228siraha (2)

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले मानव अधिकारको संरक्षणमा प्रहरी नै अग्रपङ्क्तिमा रहने बताउनु भयो ।

प्रहरीको नीति नै अपराधलाई शुन्यमा झार्ने रहेकोले अनुसन्धानको पाटोमा कुनै कसर बाँकी नराखी कानुनले मापन गरेका घटनाहरूमा प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयो ।

अन्य

भिडियो