३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले पुस २४ गते ५ वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले कसुर ठहर गर्दै ५ वर्षकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार राजन बास्तोलाले जानकारी दिए ।
पीडित महिलालाई आरोपितले ०७३ फागुन १० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि फागुन ११ गते प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।