INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ ।

इन्सेक सङ्खुवासभाको आयोजनामा सन् २०२० जनवरी देखि डिसेम्बर १५ सम्मका अभिलेखित घटनाहरूको समीक्षा सम्पन्न भएको हो ।

इन्सेक सङ्खुवासभा प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबीच समीक्षा सम्पन्न भएको हो ।

जिल्लामा राजनीतिक अधिकार अन्र्तगत एक ओटा गिरफ्तारीको घटना, धम्की र कुटपिटका दुई ओटा घटना, बाल अधिकार अन्तरगत यौन दुव्र्यवहारका घटना आठ ओटा, महिला अधिकार अन्तरगत बलात्कारका चार ओटा घटना, घरेलु हिंसाका चार ओटा ,गालीगलौजका १५ ओटा र भौतिक संरचना क्षतिका दुई ओटा घटनामाथि समीक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेकले मानव अधिकार हनन भएका घटनालाई लीपीवद्ध गर्ने र जिल्लाको मानव अधिकारको अवस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याउने महत्वपूर्ण काम गरेको भन्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले इन्सेकलाई मानव अधिकार रक्षाको अभियानमा सधैँ अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको अवस्थाका देखाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष बुढाथोकीले मानव अधिकार रक्षाका लागि नेपाल प्रहरीले विवादरहित ढङ्गले कार्य सम्पादन गर्दै आएको बताउनु भयो ।

उहाँले इन्सेकले मानव अधिकार रक्षा र कार्यान्वयनमा समेत झक्झक्काउने काम गरिहेको बताउनु भयो ।

पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्यतथ्य घटनालाई उजागर गरी मानव अधिकार रक्षाका लागि इन्सेकले नेपाल सरकारलाई सहयोग गरेको बताउनु भयो ।

Photo 20201219 YB Sangkhuwasabha (1) Photo 20201219 YB Sangkhuwasabha (2) Photo 20201219 YB Sangkhuwasabha (3)

अन्य

भिडियो