INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न गतविधि गरेर मनाइयो

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको आयोजनामा तथा इन्सेक दैलेखको सहजीकरणमा ठाँटीकाँध गाउँपालिका–५ तोलीपाटामा मङ्सिर २५ गते मानव अधिकारका लागि गुणस्तरीय शिक्षा सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय मानव अधिकार दिवस, सबै किसिमका विभेद विरूद्ध महासन्धी, बाल अधिकार र लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान, राज्यका निकायको भूमिका विषयमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सहजीकरण गर्नुभएको थियो ।

Dailekh 10 dec

ठाँटीकाँध गाउँपालिका– ५ का कार्यवाहक वडाध्यक्ष सगुने कामी, मालिका मावि ठिमुरेका प्रधानाध्यापक महेन्द्र शाही, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखका संयोजक दुर्गा गिरी लगायतले मानव अधिकारका लागि गुणस्तरीय शिक्षाको महत्वका विषयमा धारणा राख्नुभएको थियो ।

यस्तै इन्सेकले दैलेखमा जिल्ला प्रहरी कार्यालय र सरोकारवाला निकायसँगको समन्वयमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अवधिमा नारायण नगरपालिका क्षेत्रका चेतना स्तर कमजोर भएका नमूनावस्ती, रातामाटे, भूर्ती, बासकोट र साँडूमा सचेतनामूलक कार्यक्रम गरेको थियो ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार इन्सेक हुम्ला र मानव अधिकार संगठन हुम्ला शाखाको आयोजनामा ‘कुसल, स्वस्थ बनौँ, मानव अधिकारका लागि उठौँ, कोरोनाबाट मुक्ति, शान्ती, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना’ भन्ने मुल नाराका साथ सदरमुकार सिमकोट स्थित लोकतन्त्र चोकमा मङ्सिर २५ गते दिप प्रज्वलन गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

कार्यक्रममा विविन्न संघ संस्थाका प्रतिनिधि र नागरिकहरूको उपस्थिती रहेको थियो ।

Humla 10 dec

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक र अन्य कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि प्रतिवद्ध रहद ७ बुँदे प्रतिवद्धता पत्रमा सामुहिक हस्ताक्षर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यान र युएसएआइडीको समन्वय तथा इन्सेक, रेस नेपाल, हरप्लेस तथा महिला मानवअधिकार वकालत केन्द्र सल्यानको आयोजनामा सदरमुकाम खलंगामा मङ्सिर २५ गते आयोजित उत्त कार्यक्रममा मानव अधिकार कार्यान्वयनमा राज्य÷सरकारलाइ कर्तव्यनिष्ठ नागरिकको हैसियितमा सहयोग गर्ने छु भन्दै प्रतिवद्धता पत्रमा सरोकारवालाले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जुनसुकै अभियान पनि आफूबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सहजिकरण गर्नुभएको कार्यक्रममा मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Salyan 10 dec

अन्य

भिडियो