INSEC Online

📅 २०८३ जेष्ठ २१

मौलिक अधिकार उपभोग गर्न नपाएको गुनासो

डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५ गते जिल्ला सदरमुकाममा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाल र चुनैति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी मानव अधिकार निगरानी समूहका सदस्यहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मी, अधिकारकर्मी लगायत सरोकारवालाहरूले संविधान प्रदत्त मौलिक अधिकारहरू उपभोग गर्न नपाउँदा नागरिकले परिवर्तनको प्रत्याभुति गर्न नसकेको बताए ।

photo20201111dadeldhura (1)

कार्यक्रममा सहभागीहरूले डडेल्धुरामा शिक्षा, स्वास्थ्य,, खाद्य र आवास अधिकारका थुप्रै समस्या र सवालहरू सम्वोधनका लागी राज्यले भुमिका निर्वाह गर्नुपर्ने बेलामा तीनओटै तहका सरकारले मौलिक अधिकारहरू उपभोग गर्ने वातावरण बनाउन क्रियाशील हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर बिष्टले मौलिक अधिकार उपभोगका लागि कतिपय कानुन बन्न नसकेको र बनेका कतिपय कानुनहरू पनि कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारले मौलिक हक कार्यान्वयनका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

अमरगढी नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा औषधि रहेको र सम्पुर्ण स्वास्थ्यकर्मीलाई बिरामीहरुको उपचारका लागी २४ सै घण्टा सेवा दिन निर्देशन दिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख गणेश विष्टले बताए ।

photo20201111dadeldhura (2)

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले मानव अधिकार समूहले नागरिकका अधिकारका लागि सक्रिय रूपमा क्रियाशील भई सरोकारवाला निकायलाई कार्यान्वयनका लागि दबाब दिनुपर्ने बताउनु भयो ।

साथै उहाँले इन्सेकले अधिकारका विषयमा आम नागरिकलाई सचेत गराई मानव अधिकारमैत्री नगरपालिका बनाउन सहयोग गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो