अनौपचारि क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम असोज २६ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूले गाउँपालिका भित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि समस्या पहिचान गर्दै त्यसको समाधानका लागि कार्ययोजना समेत निर्माण गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उदयबहादुर राईले सन्दकपुर गाउँपालिकामा भोकमरीको समस्या आउन नदिने गाउँपालिकाले निर्णय गरेको बताउनु भयो । ‘शिक्षाको पहुँचबाट यहाँका धेरै बालबालिका टाढा रहेका छन् । उनीहरूको शिक्षाको अधिकार सुनिश्चित गराउन अधिकारकर्मी, जनप्रतिनिधि सबै हातेमालो गरेर पुरा गर्नुपर्छ ।’ राईले भन्नुभयो ‘यहाँका सुकुम्बासीहरूलाई पनि आवासको अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाउँछु ।’
इन्सेकद्धारा गठित मानव अधिकार समूहका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता र गाउँपालिका अध्यक्ष उदयबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागितामा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, समस्याको लेखाजोखा गरी समस्या पहिचान कार्यक्रम सम्पन्न भएको हो ।


