INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकसँग मिलेर कार्य गर्न तयार छौँ – मेयर राना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्र्तगतको खाद्य अधिकारका सम्बन्धमा माघ २३ गते सरोकारवाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले शिक्षा,स्वास्थ्य तथा खाद्य अधिकारका विषयमा इन्सेकसँग सहकार्य गरी अधिकारका क्षेत्रमा कार्य गर्न तयार भएको बताउनुभयो । उहाँले इन्सेकले संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका शिक्षा,स्वास्थ्य,खाद्य तथा आवासको हकलाई नागरिक सम्म पुर्याउन थालेको परियोजनालाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

इन्सेकले सेवाग्राहीलाई सचेतना ल्याउने कार्यक्रम ल्याएकाले नगरपालिकाले इन्सेक गर्न सहकार्य गर्न लागेको बताउनुभयो । मेयर रानाले इन्सेकले अधिकारका क्षेत्रमा काम गरी पहिचान बनाएकाले आफूले पनि शिक्षा,स्वास्थ्य,खाद्य तथा आवासको अधिकारलाई स्थापित गर्न इन्सेकसँग सहकार्य गर्न लागेको बताउनुभयो ।

छलफल कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका भद्रपुरका प्रमुख भरतबहादर पुरीले खाद्यका कारण मानिसमा विभिन्न रोग लाग्ने भएकोले सचेत रहनु पर्ने बताउनुभयो । खाद्य स्वच्छ नहँदा तत्कालीन र दिर्घकालीन असर पर्ने भएकोले स्थानीय तहले खाद्य सुरक्षाका लागि सचेतनमूलक कार्यक्रममा ल्याउनु पर्नेमा जोड दिनु भयो । पुरीले दुई सय भन्दा बढी रोग खाद्य पदार्थका कारणले लाग्ने भन्दै सचेत हुनु पर्ने बताउनु भयो ।

पशुपंक्षी , मस्त्य तथा कछुवा शाखाका अर्जुनधाराका प्रमुख पदमलाल राईले मासु जन्य पशुपंक्षीका कारण खाद्यमा आउने समस्यालाई मध्यनजर गरेर सहकारीलाई सचेतना तालिम दिने योजना रहेको बताउनु भयो ।

कृषि शाखाका प्रतिनिधि मीना अधिकारीले कृषकलाई जैविक विषादी प्रयोग गरी किटनाशक विषादीको अन्त्य गर्न कार्यक्रम गर्ने बताउनु भयो ।

मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले नगरपालिकाले जनाताको स्वच्छ खाद्यको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

karkram pc

nagar pramukh harikumar rana

अन्य

भिडियो