INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजनामा जिल्लामा सङ्कलित घटनाहरूको पुष्टि तथा पुनर्पुष्टिका लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ९ गते मलङ्गवामा सम्पन्न भएको छ ।

जिल्लामा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सन् २०१९ मा सङ्कलन गरिएको इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले बताउनुभयो ।

सङ्कलित घटनामध्ये यो अवधिमा महिला र बालबालिका हिंसाका घटनामा १२ जना पीडित भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

एक वर्षको अवधिमा जिल्लामा राज्य पक्षबाट दुई जनाको हत्या र अन्य पक्षबाट १४ गरी १६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसमा प्रहरीको गोली प्रहारबाट दुई जनाको हत्या भएको छ भने परिवारजनबाट ६ जना, अन्य पक्षबाट दुई जना र अज्ञातबाट ६ जनाको हत्या भयो ।

सन् २०१९ मै दुई बालक अपहरण घटनामा पीडित भए । त्यस्तै कुटपिट घटनामा आठ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले मानव अधिकारको क्षेत्रलाई व्यापक बनाउनु पर्ने उल्लेख गर्नु हुँदै घटनाको सत्य तथ्य बाहिर ल्याउन सकिए पीडितले न्याय पाउने बताउनु भयो ।

जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले वैदेशिक रोजगारले गर्दा महिला हिंसा बढेको बताउनु भयो । यस्ता महिला हिंसाका घटनाको अनुसान्धान हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठौरले प्रहरीमा आएका कतिपय घटनाको अनुसन्धान चाँडै हुने गरेको भएपनि कतिपय घटनाहरुको अनुसन्धानमा समय लाग्ने गरेको बताउनु भयो ।

अन्य

भिडियो