नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि प्रदेश ५ का १२ ओटै जिल्लामा सङ्कलन गरिएका घटनाहरूको वार्षिक सम्पादन भेला पुस ११ गतेबाट नेपालगञ्जमा सम्पन्न भएको छ ।
भेलामा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बर्ष पुस्तकलाई नयाँ माग अनुसार अगाडि लिएर जानुपर्नेमा जोड दिनुभयो ।
पुस १० र ११ गते सञ्चालित सम्पादन भेलामा प्रदेश ५ मा रहेका जिल्लाहरूबाट सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्ला प्रतिनिधिले सङ्कलन गरेका घटना सम्पादन गरिएको इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले बताउनुभयो ।
वर्ष पुस्तकमा समवेस गरिएको विषयवस्तुमा प्रयोग गरिने सूचना अपराधिक कृयाकलापमा सलंग्न व्यक्तिहरुलाई कानुन अनुसार कारवाही गराउन सहयोग गर्नको लागि आवश्यक पर्ने भएकोले घटनाहरुको विश्वसनियतामा जोड दिन आग्रह गर्नुभयो ।
सम्पादन भेलामा इन्सेक केन्द्रीय कार्यालयका गोविन्दप्रसाद त्रिपाठीले २०२० को वर्ष पुस्तकमा समावेश गरिने घटना बारेमा स्पष्ट खुलाउनुपर्ने विषयमा कार्यक्रमका सहभागीहरूलाई प्रष्ट पार्नुभएको थियो ।
सम्पादन भेलामा प्रदेश ५ का जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम